काठमाडौं ।
बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले साउन ६ गतेदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गर्ने भएको छ। यस चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई प्राथमिकता दिनेछ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट रु ५८ करोड ६० लाख बराबरको ५८ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने स्वीकृति पाएको छ। पहिलो चरणमा कम्पनीले कुल १० लाख ९५ हजार ४०० कित्ता सेयर बिक्रीमा ल्याउँदैछ।
यस अन्तर्गत,
- ५ लाख ६६ हजार ५०० कित्ता सेयर तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, भानु नगरपालिका वडा नं. १ र गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. ७ का स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
- ५ लाख २९ हजार ४०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको छ।
आवेदनकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
⏳ आवेदन म्याद:
- स्थानिय बासिन्दा:
- छिटो बन्द – साउन २० गते
- ढिलो बन्द – भदौ ४ गते
- वैदेशिक रोजगारीमा रहेका नेपाली:
- छिटो बन्द – साउन ९ गते
- ढिलो बन्द – भदौ २० गते (बैंकिङ समयपछि)
🏦 आवेदन कहाँबाट गर्ने?
- स्थानिय बासिन्दा:
- नेपाल एसबीआई मर्चेन्ट बैंकिङ
- बन्दीपुर केवलकार काठमाडौ कालिमाटी कार्यालय
- बन्दीपुर केवुलकारको तल्लो स्टेशन
- स्थानीय पालिका तथा वडा कार्यालयहरू
- वैदेशिक रोजगारीमा रहेका नेपाली:
- धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण ASBA सदस्य बैंक तथा वित्तीय संस्थाहरू
- तिनका शाखाहरू
- मेरो सेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ।
यस आईपीओको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। पहिलो चरणपछि कम्पनीले आम सर्वसाधारणका लागि ५२ लाख ९४ हजार कित्ता सेयर दोस्रो चरणमा निष्कासन गर्नेछ, जुन कुल जारी पूँजीको १८.७०७६ प्रतिशत हो।