काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले ९ लाख ९४ हजार ६२२ कित्ता संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ। कम्पनीले आजदेखि यो सेयर बिक्री प्रक्रिया सुरु गरेको हो।
यस सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरू मात्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र कम्पनीको बबरमहलस्थित प्रधान कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ।
कम्पनीले निर्धारित समयभित्र कुनै आवेदन नआएमा अन्य व्यक्ति वा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने जनाएको छ।
यो बिक्री प्रक्रियाले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको स्वामित्व संरचनामा परिवर्तन ल्याउने सम्भावना रहेको छ भने नेप्से बजारमा पनि यसले चासो सिर्जना गरेको छ।