21.9 C
Nepal
Monday, July 28, 2025

दरमखोला हाईड्रोले असार ९ गतेदेखि आईपीओ निष्कासन गर्ने

दरमखोला हाईड्रो इनर्जी लिमिटेडले असार ९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले कुल १० लाख ८८ हजार ८९० कित्ता साधारण सेयर बिक्रीका लागि सार्वजनिक गर्ने जनाएको छ।

नेपाल धितोपत्र बोर्डबाट प्राप्त अनुमतिअनुसार कम्पनीले ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्न पाउने स्वीकृति पाएको हो। त्यसअनुसार, आयोजना प्रभावित क्षेत्रका लागि जारी पूँजीको १० प्रतिशत अर्थात् १० लाख ३० हजार ५ सय कित्ता सेयर र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५८ हजार ३९० कित्ता सेयर छुट्याइएको छ।

आवेदन सीमा र अवधि
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले पनि सोही सीमा भित्र आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावित क्षेत्रका लागि आईपीओ छिटोमा असार २३ गते र ढिलोमा साउन ६ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आईपीओ असार २३ गतेसम्म बन्द हुनेछ।

आवेदन दिन सकिने स्थान
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले बिक्री प्रबन्धकले तोकेको बैंक तथा वित्तीय संस्था, ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गलकोट शाखा, प्रभु बैंकको गलकोट शाखा, दरमखोला पावर हाउस लगायत स्वीकृत संकलन केन्द्रहरुमा आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, तिनका शाखा तथा मेरोसेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। पहिलो चरणको आईपीओ बिक्रीपछि दोस्रो चरणमा कम्पनीले आम सर्वसाधारणका लागि जारी पूँजीको २८.३३ प्रतिशत अर्थात् २९ लाख १९ हजार ५ सय कित्ता सेयर निष्कासन गर्नेछ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here