19.9 C
Nepal
Sunday, September 28, 2025

सानो ऋण धेरै व्यक्तिलाई, देशको समृद्धिमा टेवा पुग्छ : गभर्नर डा. विश्वनाथ पौडेल

spot_imgspot_imgspot_img

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले तल्लो वर्गका नागरिकहरूलाई लक्षित गरी ऋण प्रवाह बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्। सोमबार (जेठ १९ गते) प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै गभर्नर पौडेलले, ‘एकजनाले एक अर्ब ऋण पाउनुको सट्टा हजार जनाले १० लाख पाउन सके देशको समग्र विकासमा टेवा पुग्छ,’ भन्ने धारणा राखे।

उनले साना तथा कमजोर आर्थिक हैसियत भएका किसान, उपभोक्ता तथा युवा उद्यमीहरूलाई सहज ऋण सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिए। गभर्नर पौडेलले भने, “तलको मान्छे माथि गयो भने माथिका मान्छेलाई स्वतः केही हुन्छ। त्यसैले तल्लो वर्गलाई माथि उठाउनुपर्छ।”

ऋणको पहुँच नपुगेर धेरै मानिसहरू पछाडि पर्नुपर्ने अवस्था आउन नदिन साना र सुलभ ऋण वितरण व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो। माइक्रोफाइनान्स र सहकारी संस्था प्रणाली पनि यस्तै उद्देश्यका साथ अघि बढेको उल्लेख गर्दै उनले भने, “सानो ऋण खराब हुनुको कारण व्यवसाय गर्न नसिकाउनु हो, न कि ऋण लिएको हो।”

गभर्नर पौडेलले सबैभन्दा पछाडि परेका वर्गलाई प्राथमिकतामा राखेर काम गर्ने राष्ट्र बैंकको नीति स्पष्ट रहेको उल्लेख गरे। उनले बर्दियामा हरिण र मृगको संख्या बढेपछि बाघ पनि बढ्ने उदाहरण दिँदै, मुलुकको आर्थिक प्रणालीमा तल्लो तह बलियो भए मात्र माथिल्लो तह सुदृढ हुने बताए।

उनले आवश्यकता परेमा अर्थतन्त्रमा असर गर्ने नीति र संरचनालाई पुनरावलोकन गरिने तथा समावेशी आर्थिक विकासलाई प्राथमिकता दिइने बताएका छन्।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here