9 C
Nepal
Friday, February 13, 2026

एक खर्बभन्दा बढी बजेट पाउने चार मन्त्रालय

spot_imgspot_imgspot_img

संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको बजेटमा चार वटा मन्त्रालयलाई एक खर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको छ। बिहीबार प्रस्तुत बजेट विवरणअनुसार सबैभन्दा ठूलो बजेट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाएको हो।

शिक्षा मन्त्रालयका लागि कुल २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो बजेट शिक्षक तथा कर्मचारीको तलब, विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम, शैक्षिक सुधार तथा विभिन्न शैक्षिक संस्थानहरूको खर्चमा प्रयोग गरिनेछ।

त्यसपछिको ठूलो बजेट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाएको छ। मन्त्रालयका लागि १ खर्ब ५२ अर्ब रुपैयाँ छुट्याइएको छ, जसले देशभरका सडक, पुल, यातायात र अन्य पूर्वाधारसँग सम्बन्धित परियोजनाहरू कार्यान्वयनमा सघाउनेछ।

सहरी विकास मन्त्रालयका लागि १ खर्ब १८ अर्ब ३४ करोड रुपैयाँ छुट्याइएको छ। यो बजेट सहरी योजनाको विस्तार, सहरको व्यवस्थापन र विकास निर्माणमा केन्द्रित हुने बताइएको छ।

यसैगरी, गृह मन्त्रालयले २ खर्ब ८ अर्ब ६२ करोड रुपैयाँ प्राप्त गरेको छ। मन्त्रालयको यो बजेट सुरक्षा व्यवस्थापन, प्रहरी तथा प्रशासनिक सेवा सञ्चालन, आपतकालीन सेवा, सिमा सुरक्षा लगायतका गतिविधिका लागि खर्च गरिनेछ।

चार वटै मन्त्रालयलाई एक खर्बभन्दा बढी बजेट विनियोजन गरिनुले सरकारको प्राथमिकता शिक्षादेखि पूर्वाधार र सुरक्षा क्षेत्रमा केन्द्रीत रहेको संकेत गरेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here