15.6 C
Nepal
Thursday, November 13, 2025

टप ब्रोकरहरुमध्ये अधिकांश खरिदमा केन्द्रित

spot_imgspot_imgspot_img

गत बिहिबार नेप्से परिसूचक २२८७ को बिन्दुसम्म झर्दै माथितिर लाग्यो। आईतबारको दिन बजार ९५ अङ्कले बढ्यो। सोमबार सुरुवाती चरणमा बजार बढ्यो तर २४४६ को बिन्दुभन्दा माथि जान सकेन। २२८७ को बिन्दुबाट करिब १६० अङ्कले बढेर २४४६ पुगेको बजार आज मंगलबारको दिन २३७१ को बिन्दुमा क्लोज भएको छ।

बजार घट्दै गर्दा टप ब्रोकरहरु भने सेयर खरिदमा केन्द्रित देखिएका छन। १७ अप्रिल २०२२; गत आईतबार देखिको फ्लोर सिट हेर्दा यो कुरा स्पष्ट रुपमा देखिन्छ। यो अवधिमा ब्रोकर नम्बर ४९ अनलाइन सेक्युरिटिज, ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटिज, ब्रोकर नम्बर ५७ आर्यतारा सेक्युरिटिज र ब्रोकर नम्बर ४२ सनी सेक्युरिटिजबाट बिक्रीको तुलनामा खरिद बढी देखिन्छ। यो अवधिमा ४९ नम्बर ब्रोकरले ७२ करोडको सेयर किनेको छ भने ४८ करोडको बेचेको छ। बिक्रीको तुलनामा खरिद २४ करोड बढी छ। त्यस्तै ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटिज बाट ५६ करोडको खरिद र ५० करोडको बिक्रि भएको छ। ब्रोकर नम्बर ५७ आर्यतारा इन्भेस्टमेन्ट एण्ड सेक्युरिटिज पनि खरिदमै केन्द्रित देखिन्छ। ५७ नम्बर ब्रोकरबाट ४८ करोडको खरिद र ४२ करोडको बिक्रि भएको देखिन्छ।

ब्रोकर नम्बर ४२ खरिदमा आक्रामक देखिएको छ। ४२ बाट ३७ करोडको बिक्रि हुँदा ४६ करोडको खरिद भएको देखियो।

यसअवधिमा टप कारोबार गर्ने १० वटा ब्रोकरहरुको खरिद बिक्रि तथ्याङ्क अध्ययन गर्दा ६ वटा ब्रोकरहरुबाट बिक्रीको तुलनामा खरिद धेरै पाइयो भने ४ वटा ब्रोकरहरुबाट खरिदको तुलनामा बिक्रि बढी भएको पाइयो। बजारको सबैभन्दा चर्चित र धेरैले खेलाडी ब्रोकरको रुपमा चित्रण गर्ने ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिजबाट भने खरिदको तुलनामा बिक्रि बढी भएको छ। यो अवधिमा ५८ बाट ६४ करोडको खरिद हुँदै गर्दा ७७ करोडको बिक्रि भएको छ। त्यस्तै अर्को खेलाडी ब्रोकर इम्पेरिएयल सेक्युरिटिज (ब्रोकर नम्बर ४२) बाट पनि खरिदको तुलनामा बिक्रि नै बढी रहेको देखिन्छ। यो अवधिमा ४२ नम्बर ब्रोकरबाट ५८ करोडको खरिद र ६९ करोडको बिक्रि भएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here