27.9 C
Nepal
Tuesday, April 29, 2025

गार्डियन माइक्रो लाइफको नाफा ३८१२% ले बढ्यो

हालै आईपीओ निष्कासन गरेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेख्य वित्तीय प्रगति हासिल गरेको छ। कम्पनीले २ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आवको सोही अवधिमा रहेको ७ लाख १ हजार रुपैयाँ नाफाको तुलनामा ३८१२.१५ प्रतिशतले बढी हो।

कम्पनीको बीमाशुल्क आर्जनमा समेत झनै ठुलो वृद्धि देखिएको छ। अघिल्लो वर्ष १ करोड ७८ लाख रुपैयाँ मात्र आर्जन गरेको कम्पनीले यस आवको सोही अवधिमा १९ करोड ४८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ, जुन ९९०.३९ प्रतिशतको वृद्धि हो।

कम्पनीको कुल आम्दानी पनि ५ करोड ४२ लाखबाट २५ करोड ५१ लाख रुपैयाँमा पुगेको छ। सोही अवधिमा कम्पनीले १३ करोड ५३ लाख रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२११ प्रतिशतले बढी हो।

समीक्षा अवधिमा कम्पनीको कुल खर्च पनि ५ करोड ३५ लाखबाट २२ करोड ७७ लाख रुपैयाँ पुगेको छ। कम्पनीले रिटेन्ड अर्निङमा १ करोड ९० लाख र महाविपत्ती कोषमा २९ लाख ३५ हजार रुपैयाँ सञ्चित गरेको छ।

यस अवधिमा कम्पनीले १ लाख ९ हजार ९४६ वटा बीमालेख जारी गरेको छ।

वित्तीय सूचकांकहरू हेर्दा, कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ४.८८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०२.९३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२५.८१ रुपैयाँ र मूल्य-आम्दानी अनुपात (P/E Ratio) ५०७.९१ गुणा रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here