19.9 C
Nepal
Sunday, September 28, 2025

बन्दीपुर केबलकारले डाक्यो साधारण सभा, आईपीओ निष्कासनको प्रकृया जारी

spot_imgspot_imgspot_img

आईपीओ निष्कासनको तयारीमा रहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड ले वार्षिक साधारण सभा (AGM) वैशाख ६ गते आयोजना गर्ने भएको छ।

सञ्चालक समितिको चैत ७ गते बसेको बैठक ले चौथो वार्षिक साधारण सभा डाक्ने निर्णय गरेको हो। सभा तनहुँस्थित बन्दीपुर परियोजना प्राङ्गणमा बिहान ११:०० बजे सुरु हुनेछ।

साधारण सभामा पेस गरिने प्रस्तावहरू

  • कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने
  • तेस्रो साधारण सभाले पारित गरिसकेको आईपीओ प्रस्तावलाई यथावत् कायम गर्ने र कार्यान्वयनमा ल्याउने
  • कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गर्ने
  • आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण पारित गर्ने
  • नयाँ लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने

आईपीओ निष्कासनको तयारीमा कम्पनी

बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड नेपाल धितोपत्र बोर्ड (SEBON) बाट आईपीओ अनुमतिको पर्खाइमा छ। कम्पनीले गत जेठ २२ गते बोर्डमा आवेदन दिएको थियो। अनुमोदन पाएपछि कम्पनीले रु. १०० अंकित दरका ३० लाख ६० हजार कित्ता शेयर जारी गर्नेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ। अनुमतिपछि आईपीओ निष्कासनको मिति तय गरिने बताइएको छ।

बन्दीपुर केबलकार एण्ड टुरिजम बन्दीपुर क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित अघि बढिरहेको कम्पनी हो। यसको आईपीओप्रति लगानीकर्ताहरूको उच्च चासो देखिएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here