9.2 C
Nepal
Friday, February 13, 2026

नेपाल स्टक एक्सचेञ्जमा लगातार गिरावट, सेयर बजार दबाबमा

spot_imgspot_imgspot_img

काठमाडौं – साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज पनि गिरावट आएको छ। नेप्से परिसूचक ०.२८ प्रतिशत अर्थात् ७.६६ अंकले घटेर २ हजार ६९७.०४ विन्दुमा सीमित बनेको छ।

बलिया र राम्रा कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले घटेर ४५२.८९ विन्दुमा झरेको छ। यस दिन नेप्सेमा सूचीकृत ३१३ वटा स्क्रिप्टको ८२ लाख ३७ हजार ९०२ कित्ता सेयर ४ अर्ब ३४ करोड ६६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा आज कारोबारमा गिरावट आएको छ। अघिल्लो दिन ५ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

सेयर बजार समूहगत प्रदर्शन

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा गिरावट आयो। अन्य समूह ०.११ प्रतिशतले वृद्धि भयो।

जीवन बीमा समूह सर्वाधिक ०.७० प्रतिशतले घट्यो।

बैंकिङ समूह ०.१४ प्रतिशत,

विकास बैंक ०.४२ प्रतिशत,

वित्त ०.१७ प्रतिशत,

होटल ०.३६ प्रतिशत,

हाईड्रो ०.१७ प्रतिशत,

लगानी ०.४२ प्रतिशत,

उत्पादन तथा प्रशोधन ०.२३ प्रतिशत,

लघुवित्त ०.३१ प्रतिशत,

म्युचुअल फण्ड ०.३७ प्रतिशत,

निर्जीवन बीमा ०.५४ प्रतिशत,

व्यापार समूह ०.६६ प्रतिशतले घट्यो।

धेरै कारोबार भएका कम्पनीहरू

हिमालयन रि इन्स्योरेन्स कम्पनी: ३२ करोड ११ लाख रुपैयाँभन्दा बढीको कारोबार।

घलेम्दी हाईड्रो: २२ करोड ७२ लाख।

नेपाल पुनर्बीमा: १८ करोड ३ लाख।

एलआईसी नेपाल: १६ करोड ७५ लाख।

नारायणी डेभलपमेन्ट बैंक: १३ करोड ७८ लाख।

बढी कमाउने र गुमाउने कम्पनीहरू

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो।

मिथिला लघुवित्त

हिमालयन पावर पार्टनर

अपर सोलु हाईड्रोको सेयरमूल्य ७.७८ प्रतिशत, भूगोल इनर्जीको ७.२८ प्रतिशत, पाँचथर पावर कम्पनीको ४.१८ प्रतिशतले बढ्यो।

तर सामुदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक ८.२१ प्रतिशतले घट्यो।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here