9.2 C
Nepal
Friday, February 13, 2026

पियोर इनर्जीको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन

spot_imgspot_imgspot_img

पियोर इनर्जी लिमिटेडको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि गत फागुन २७ गतेदेखि आईपीओ निष्कासन गरेको थियो।

मागभन्दा बढी सेयर खरिदका लागि आवेदन परेकाले आज आईपीओ निष्कासन तथा बिक्री आवेदन बन्द गर्न लागिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रकमबराबरको रु.१०० अंकित दरका १ लाख ६० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र अर्थात बाँके जिल्लाका स्थानीय बासिन्दाहरुको लागि र जारी पूँजीको १८ प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात १ लाख ४४ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपाली नागरिकहरुका लागि निष्कासन गरेको छ ।

आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपाली नागरिकहरुका लागि छुट्याइएको सेयर बाँडफाँड गरी बिक्री नभई बाँकी रहन गएमा त्यस्तो सेयर सर्वसाधारण समुहमा थप गरी सर्वसाधारणका निष्कासन गरिने कम्पनीले जनाएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।

यस्तै आयोजना प्रभावित क्षेत्रका बासिन्दाले नबिल बैंकका शाखा कार्यालयहरु कोहलपुर र नेपालगञ्ज,लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयहरु कोहलपुर र नेपालगञ्ज,सिद्धार्थ बैंकका शाखा कार्यालयहरु खजुरा,न्यूरोज, नेपालगञ्ज र विपी चोक,कुमारी बैंकका शाखा कार्यालयहरु चिसापानी,खजुरा,कोहलपुर सुर्खेत रोज नेपालगञ्ज र रिमझिम बजार र खजुरा गाउँपालिकामा रहेको सौर्य विद्युत उत्पादन केन्द्रमा आवेदन बुझाउन सक्नेछन् ।

कम्पनीले धितोपत्र निष्कासनबाट प्राप्त पूँजी नबिल बैंक र स्ट्याण्डर्ड बैंकको कर्जा भुक्तानी गर्न र धरौटी भुक्तानी तथा अन्य दायित्व भुक्तानी गर्न उपयोग गर्नेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा १६ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here