11 C
Nepal
Wednesday, February 5, 2025

नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वको सेयर खरिद गर्न निवेदन दिएकोमा माघ २२ गतेको सञ्चालक समितिको निर्णयअनुसार ६५ हजार ६२८ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको जनाएको हो ।

बैंकले यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्ने जनाएको छ । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ ।

यदि उक्त मितिसम्म कुनै पनि आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्तिलाई बिक्री गरिने बैंकले जनाएको छ । संस्थापक सेयरधनीले बैंकको चितवन,टाँडीमा रहेको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको सेयरको व्यहोरा खुलाई आवेदन पेश गर्नुपर्नेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here