माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ।
बैंकले संस्थापक समूहको ३ लाख २५८ कित्ता सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो ।
यो सेयर संस्थापक सेयरधनीसहित सर्वसाधारणले समेत किन्न पाउने गरी बिक्री खुला गरिएको बैंकले बताएको छ।
सेयर खरिद गर्न इच्छुक व्यक्तिले ७ दिनभित्र माछापुच्छ्रे क्यापिटल लिमिटेडको बाघदरबार जेडिए कम्प्लेक्सको तेस्रो तल्लामा निवेदन दिनु पर्नेछ।