25.5 C
Nepal
Monday, September 29, 2025

एनआईसी एशिया बैंकले ३ कम्पनीको ९.४९ लाख कित्ता संस्थापक बिक्रीमा राख्यो

spot_imgspot_imgspot_img

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको तीनवटा कम्पनीको संस्थापक सेयर लिलामीमार्फत बिक्रीका लागि उपलब्ध गराएको छ। बैंकले सूर्योदय वोमी लघुवित्तको ५९,०६० कित्ता, सीआईटीको ५०,००० कित्ता र सूर्यज्योति लाइफको ८,९३,८२५ कित्ता सेयर, कुल ९,४९,७८५ कित्ता, आजदेखि लिलामीमा राखेको छ।

सेयर खरिदमा रुचि राख्ने लगानीकर्ताले माघ ४ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। सूर्योदय वोमी लघुवित्तको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५३ रुपैयाँ, सीआईटीको ७०३ रुपैयाँ, र सूर्यज्योति लाइफको १५९ रुपैयाँ निर्धारण गरिएको छ।

बोलपत्र पेस गर्दा, लगानीकर्ताले आफूले खरिद गर्न चाहेको सेयरको संख्या र प्रतिकित्ता मूल्य स्पष्ट रूपमा अंक र अक्षरमा उल्लेख गर्नुपर्नेछ। सूर्यज्योति र सूर्योदय वोमीको सेयर खरिदका लागि न्यूनतम ५,००० कित्ता र सीआईटीको सेयरका लागि न्यूनतम १०,००० कित्ताको आवेदन अनिवार्य छ। अधिकतम भने सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

यो लिलामीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको थापाथलीस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय, थापाथलीमा रहेको एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय, वा विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी, र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here