10.8 C
Nepal
Thursday, November 13, 2025

आत्मनिर्भर लघुवित्तको सेयर कारोबार स्थगन

spot_imgspot_imgspot_img

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार स्थगन भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले पुस ८ गते संस्थाको कारोबार स्थगन गर्ने निर्णय गरेको हो ।

संस्थाको पुस ७ गते गते साँझ साढे ५ बजे बसेको सञ्चालक समितिको बैठक ले गत आव २०८०/८१ को लाभांश घोषणा सम्बन्धी निर्णय गरेको थियो । तर सोको जानकारी नेप्सेमा अर्को दिन अर्थात पुस ८ गते साढे १२ बजे कारोबार समयमा नट्समार्फत गराइएको थियो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने छ भन्ने व्यवस्था रहेकोले उक्त विनियममा भएको व्यवस्था पालना नगरेकोले उक्त विनियमावलीको विनियम १६ (१) (ख) मा भएको व्यवस्था अनुरुप संस्थाको धितोपत्रको कारोबार स्थगन गरिएको छ ।

साथै, नेप्सेले ३ कार्यदिन भित्र के कति कारणबाट समयमानै जानकारी दिन नसकेको हो ? सो सम्बन्धमा स्पष्टिकरण पेश गर्न निर्देशन समेत दिएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here