नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध निर्वाचित भएका छन् ।
वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृतको संस्थाको रूपमा रहेको संघमा आगामी कार्यकालको लागि अध्यक्षमा कोइरालाको एकल उम्मेदवारी परेको हो ।
मंगलबार अध्यक्षका अर्को प्रत्यासी अशोक शेरचनले उम्मेदवारी दिए पनि पछी फिर्ता लिएका थिए । त्यसैले माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत कोइराला निर्विरोध अध्यक्ष बनेका हुन् । गत साता संघको अध्यक्षका लागि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचन र माच्छापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत कोइरालाले उम्मेद्वारी दर्ता गराएका थिए ।