25.3 C
Nepal
Monday, September 29, 2025

कर्णाली डेभलपमेन्ट बैंकको सेयरमा भएको चलखेलको विषयमा छानबिन शुरु

spot_imgspot_imgspot_img

कर्णाली डेभलपमेन्ट बैंक लिमीटेडको खराब वित्तीय अवस्था भएर नेपाल राष्ट्रबैंकले शीघ्र सुधारात्मक कारबाही गरेको भोलिपल्टै चलखेल गरी सेयरमूल्यमा अपर सर्किट लगाइएको विषयमा बजारको प्रमुख नियामक धितोपत्र बोर्डले अनुसन्धान शुरु गरेको छ।

राष्ट्रबैंकले शीघ्र सुधारात्मक कारबाही गरी नयाँ निक्षेप संकलन, थप कर्जा प्रवाह तथा नयाँ बचत खाता खोल्न ६ महिनासम्म रोक लगाउँदै शीघ्र सुधारात्मक कारबाही गरेको भोलिपल्टै मिलेमतोमा कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्यमा अपर सर्किट लगाइए पछी सो बिषयमा आबस्यक अनुसन्धान गर्न भन्दै धितोपत्र बोर्डले नेप्सेसँग आबस्यक विवरण माग गरेको छ ।

नेपाल राष्ट्रबैंकको वित्तीय संस्था सुपरीवेक्षण विभागले २०८१ मंसिर ११ गते एक सूचना प्रकाशित गर्दै कर्णाली डेभलपमेन्ट बैंक लिमीटेडलाई थप निक्षेप लिन तथा कर्जा प्रवाह गर्न र नयाँ निक्षेप खाता खोल्न रोक लगाई शीघ्र सुधारात्मक कारबाही गरिएको बताएको थियो ।

राष्ट्र बैंकले तोकेबमोजिमको न्यूनतम पूँजीकोष अनुपात कायम नहुने, निस्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम हुने लगायतका कारण देखाएर केन्द्रीय बैंकले कारबाही गरेको भोलिपल्टै सो बैंकको सेयरमूल्यमा अपर सर्किट लागेको थियो । सो दिन कर्णाली डेभलपमेन्ट बैंकको सेयरमा अपर सर्किट लाग्दा ७६.९० रुपैयाँले मूल्य बढी प्रतिकित्ता सेयरमूल्य ८४५.९० रुपैयाँ पुगेको थियो ।

यसबाट जस्तोसुकै खराब कम्पनीमा पनि खेलाडीले चाहे भने अपर सर्किट लगाइदिनसक्छन् भन्ने कुरा पुस्टी भएको भन्दै यस्ता कार्यको निरुत्साहन हुनुपर्ने र यस्तो कार्यमा संलग्नलाई आबस्यक कारबाही हुनुपर्ने जोडदार माग उठेको थियो ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here