28 C
Nepal
Monday, September 29, 2025

समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने अन्तिम दिन आज

spot_imgspot_imgspot_img

समता घरेलु लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन(एफपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। संस्थाले गत कात्तिक १२ गतेदेखि कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ सेयर निष्कासन गरेको हो।

यो एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

संस्थालाई ‘इक्रा आईआरबीबी’ रेटिङ पाएको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा मक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here