22.9 C
Nepal
Sunday, October 27, 2024

सगरमाथा जलविद्युतद्वारा लाभांश घोषणा, साधारण सभा बोलाईयो

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ का लागि आफ्ना सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश पारीत गर्न कम्पनिले साधारण सभा डाकेको छ । कम्पनीले आगामी मंसिर १४ गते काठमाण्डौको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।

सभामा लाभांशको अजेण्डा पारित हुनुका साथै बोनस सेयर वितरणपश्चात हुने कम्पनीको चुक्तापुँजी वृद्धि बमोजिम प्रबन्धपत्र र नियामावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।

यस्तै अन्य कम्पनीमा लगानी गर्ने, गत आर्थिक वर्षको वासलात,नाफा नोक्सान हिसाब तथा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित गत चालु आर्थिक वर्षका लागि लेखापरीक्षको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि कमपनीले कात्तिक २६ गते बुक क्लोज गर्ने निर्णय गरेको ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here