22.2 C
Nepal
Wednesday, October 16, 2024

३२.१६ लाख कित्ता बुद्धभुमी नेपाल हाईड्रोको सेयरको लक इन अवधि आज सकिदै

बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको लक इन समयावधि आज सकिदै छ । कम्पनीको ३२ लाख कित्ता बढी सेयरको लक इन अवधि आज समाप्त हुन लागेको हो ।

कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।

कम्पनीको २८ लाख कित्ता संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको ४ लाख कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको १६ हजार कित्ता गरी कुल ३२ लाख १६ हजार कित्ता सेयरको लक इन अवधि सकिन लागेको हो ।

कम्पनीले संस्थापक, आयोजना प्रभावित क्षेत्रका स्थानिय र कर्मचारीलाईसहित सर्वसाधारणलाई जारी गरेको सेयर विस २०७८ असोज २२ गते बाँडफाँड गरेको थियो । धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेर बाँडफाँड गरेको ३ वर्ष आगामी असोज २१ गते समाप्त हुने भएकाले उक्त अवधिभर लक इनमा रहेको,स्थानिय बासिन्दाका लागि जारी गरिएको,संस्थापक तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिन लागेको कम्पनीले जनाएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here