16.6 C
Nepal
Wednesday, February 11, 2026

सुपर मादी हाईड्रोपावरले लाभांश घोषणा गर्‍यो

spot_imgspot_imgspot_img

सुपर मादी हाईड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश दिने निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र प्रस्तावित बोनस सेयरको कर प्रयोजनका लागि नगद लाभांश पनि दिने छ ।

कम्पनिको लाभांश पारित गर्नका लागि कम्पनीले साधारण सभा समेत डाकेको छ ।कम्पनीको १५ औं वार्षिक साधारण सभा कात्तिक ५ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

कम्पनीले २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी गर्न सञ्चित मुनाफा, कर्जा तथा हकप्रद सेयर जारी गर्ने र उक्त प्रयोजनको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको संख्यामा संसोधन गर्ने विशेष प्रस्तावहरु पारित हुनेछ ।

सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, कम्पनीको पूँजी बृद्धिको प्रस्ताव पारित, लेखापरीक्षकद्वारा प्रस्तुत आव २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत सोसँग सम्बन्धित अनुसुचीहरु उपर छलफल गरि पारित गर्ने र आव २०८१/८२ को लागी लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाबाट पारित हुनेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १८ गते देखि कात्तिक ५ गते सम्म कम्पनीको सेयरधनी दर्ता किताब(बुक क्लोज) बन्द गर्ने निर्णय गरेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here