24.4 C
Nepal
Monday, September 16, 2024

घाटामा रहेका कम्पनीलाई आईपीओ जारी गर्न दिनु लगानिकर्तामाथी घात :पदम गिरी

नेकपा एमालेका सांसद पदम गिरीले आईतवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै अर्थ समितिले नीतिगत कुराहरुमा छलफल गर्ने भएकाले धितोपत्र बोर्ड अर्थ समितिको क्षेत्राधिकार भित्र पर्ने बताएका छन ।

त्यस्तै लेखा समितिले अनियमितता विषयमा हेर्ने भएकाले लेखा समितिको निर्देशन पनि सही नै देखिएको बताए ।

गिरिले नियमावली नै संशोधन गरेर पुनःमूल्याङ्कन गर्ने कम्पनीहरुको मूल्य बढाएर आईपीओ जारी गर्दा लगानीकर्ताहरु मर्कामा परेको बताए । उनले घाटामा रहेका कम्पनीलाई आईपीओ जारी गर्न दिएर लगानिकर्तामाथी घात गरेको स्पस्ट सङ्केत गरे ।

उनले अगाडि भने ,‘नियमावली संशोधन गर्दा राजपत्रका प्रकाशित गर्नुपर्ने थियो । त्यहाँ पनि जारी भएको छैन । वास्तवमा सर्वसाधरण सूचनाको हकबाट समेत बन्चित भएको अवस्था छ । यसलाई गम्भिर रुपमा हेर्नुपर्छ ।’

नेटवर्थ ९० प्रतिशत भन्दा माथि वा तल भन्ने विषयमा समितिमा गम्भिर रुपमा छलफल गर्नु आवश्यक रहेको र घाटामा रहेका कम्पनीहरुको आईपीओ जारी गर्न दिँदा सेयर लगानीकर्तालाई ठूलो असर पर्ने गरेको बताएका छन् ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here