10.8 C
Nepal
Sunday, February 15, 2026

१४.४६ लाख कित्ता अबितरित हकप्रद सेयर हिमालयन उर्जाले लीलाम बिक्रीमा राख्ने, न्यूनतम मूल्य १००

spot_imgspot_imgspot_img

हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले १४ लाख कित्ता बढी सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राख्ने निर्णय गरेको छ । कम्पनीले आगामी असोज ७ गतेदेखि १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राख्न लागेको हो ।

कम्पनीले गत असार १९ गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि ९९ लाख कित्ता हकप्रद सेयरको निष्काशन गर्दा अबितरित रहेको १४ लाख ४६ हजार ३५९ कित्ता हकप्रद सेयर लिलाम बिक्रिमा कम्पनीले असोज ७ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउन लागेको हो ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ नबिल बैंकका शाखा कार्यालयहरु,विराटनगर, जनकपुर,भक्तपुर,पोखरा,कोहलपुर, सुर्खेत र महेन्द्रनगरमा बोलपत्र आवेदन बुझाउन सक्नेछन् ।

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति असोज १४ गते रहेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here