ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापकको रुपमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को गत आर्थिक वर्ष २०८०-८१ को लागि लाभांश घोषणा गरेको छ ।
योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको भदो २८ गते बिहान ८ बजे बसेको १७८ औं सञ्चालक समितिको बैठकले लाभांशको निर्णय गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ का ईकाइधनीहरुलाई कर सहित ५ प्रतिशत का दरले हुन आउने रकम रु ५ करोड १२ लाख ८८ हजार १८०१ रुपैयाँबराबरको प्रतिफल वितरण गर्ने छ ।