लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा सुशील ज्ञवाली नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रीपरिषद बैठकले ज्ञवालीलाई बोर्डको सीईओमा नियुक्त गरेको हो ।
सिईओको सर्टलिस्टमा ज्ञवालीसहित विष्णुप्रसाद भट्टराई, रघुराज काफ्ले, रामदेव यादव र भीष्मराज ढुंगाना परेका थिए । ज्ञवाली भूकम्पपछि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी समेत भईसकेका व्यक्ति हुन् ।
बोर्डको अध्यक्षमा प्रधानमन्त्री र उपाध्यक्ष अर्थमन्त्री हुन्छन ।