9.5 C
Nepal
Sunday, February 15, 2026

नेपाल ल्युब आयलले लाभांश घोषणा गर्यो, एफपीओ पनि जारी गर्ने

spot_imgspot_imgspot_img

नेपाल ल्युब आयल लिमिटेडले गत आव २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो ।

कम्पनिले गत आवको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । यसका साथै बैठकले प्रिमियम मूल्यमा एफपीओ निष्कासन गर्ने समेत निर्णय गरेको छ ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

कम्पनीको ३३ औं साधारण सभा आगामी असोज १८ गते ललितपुरको पुल्चोकमा रहेको याक प्यालसेमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा प्रिमियम मूल्यमा थप सार्वजनिक निश्काशन(एफपीओ) गर्ने, एफपीओ निष्कासनपश्चात् प्राप्त पूँजीको उपयोग सम्बन्धमा निर्णय गर्ने, कम्पनीको अधिकृत, जारी तथा चूक्तापूँजी वृद्धि गर्न प्रबन्धपत्र संसोधन गर्ने र कम्पनीका सञ्चालक समिती सदस्य करण कुमार चौधरीलाई कम्पनीको प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएकोले सो र निजको सर सुविधा निर्धारण गर्नका लागी साधारण सभामा अनुमोदनको निमित्त प्रस्ताव पेश गरिनेछ ।

यस्तै सभामा आव २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, आव २०८०/८१ को लेखा परीक्षकको प्रतिवेदन, २०८१ आसार मसान्तको वासलात र आव २०८०/८१ को आय विवरण र सोही अवधिको नगद प्रवाह विवरण छलफल गरि स्वीकृत गरिनेछ ।

कम्पनीले असोज ४ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here