20.6 C
Nepal
Thursday, September 19, 2024

आरविवि मर्चेन्ट बैंकिङको १८% लाभांश पारित गर्ने मुख्य एजेन्डासहित साधारण सभा डाकियो

आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको नवौं वार्षिक साधारण सभा डाकेको छ ।
कम्पनीको उक्त सभा आगामी असोज १८ गते राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने भएको छ ।

सभामा आव २०८०/८१ सम्मको नाफाबाट कम्पनीको चुक्ता पूँजीको १८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव पारित गर्ने मुख्य एजेन्डा रहेको छ । त्यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०/८१ को कम्पनीको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात र २०८० साउन १ गतेदेखि २०८१ असार ३१ गतेसम्मको नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र आव २०८१/८२ को वाह्य लेखापरीक्षणको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here