20.4 C
Nepal
Wednesday, September 18, 2024

सरकारले विकास ऋणपत्र मार्फत रु.१० अर्ब आन्तरिक ऋण उठाउँने

नेपाल सरकारले विकास ऋणपत्र बिक्रीमार्फत १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने निर्णय गरेको छ ।

यसका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले विकास ऋणपत्र जारी गर्नेछ । उक्त कार्यालयले १० अर्ब रुपैयाँबराबरको ३ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८४ जारी गर्न लागेको छ । यो विकास ऋणपत्रको बोलकबोल आज बिहान १० बजेदेखि ३ बजेसम्म अनलाइन बिडिङमार्फत हुन लागेको हो ।

यसको निष्कासन मिति भने भदौ २७ गते र साँबा भुक्तानी मिति भने २०८४ भदौ २६ गते तोकिएको छ । यसको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा गरिनेछ ।

यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था,गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी,संगठित संस्था र नेपाली नगारिकले खरिद गर्न सक्नेछन् । यो ऋणपत्रमा धितो राखि कर्जा लिन पाइने व्यवस्था गरिएको छ । यसको ब्याजदर भने बोलकबोल माध्यमबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ ।

ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने र ब्याजमा ब्याजकर कर लाग्ने छ । इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धीलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात रु.८५० करोड र १५० करोड छुट्टाइएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here