कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित दुईवटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनका लागि यी दुवै फण्डको बुक क्लोज भदौ १९ गते हुँदैछ । यसर्थ आजसम्म कायम ईकाईधनीहरु मात्रै यी दुवै फण्डको लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डका इकाईधनीहरुलाई गत आव २०८०/८१ का लागि समान ९.५० प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरिएको छ ।