19.9 C
Nepal
Sunday, September 28, 2025

हेल्लो ! आइपिओ केका लागि रोकेको ? धितोपत्र बोर्ड के का लागि ?

spot_imgspot_imgspot_img

हाल धितोपत्र बोर्ड प्रमुख बिहीन रहेको छ । बोर्डको दैनिक कार्यसन्चाललको कार्य निमित्त प्रमुखले गरिरहे पनि हाल आइपिओ निस्कासनको कार्य ठप्प प्राय रहेको छ ।
नयाँ कार्य गर्नका लागि र निर्माणाधिन प्रोजेक्ट पुरा गर्न पुजी सङ्कलन गर्ने उदेस्यले आइपिओ जारी गर्न खोजीरहेका कम्पनिहरुले आबस्यक प्रकृया पुरा गर्दा पनी आइपिओ जारी गर्ने अनुमती पाउन सकेका छैनन

उता लगानिकर्ता आइपिओ भर्ने समेतको उदेश्यले वार्षिक मेरो शेयर र डिम्याटको गरी १५० तिरेर पनि त्यसबापत पाउने आइपिओ भर्ने सुबिधाबाट बन्चित रहेका छन ।

धितोपत्र नियुक्तीको प्रकृया सुरु नभएको पनि होइन तर सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्नुपर्नेमा ५ जना मध्ये ३ जना अन्तर्वाता तथा कार्ययोजनाको प्रस्तुतीमै नआएपछी सिफारिस समिती अनिर्णित छ र यो बिषय अहिले अदालतमा रहेको छ ।

प्रमुख नहुनु एउटा कुरा तर प्रमुख नहुँदा आइपिओ लगायतका कामहरु ठप्प जस्तै हुनु अनोठौ छ ।


प्रिमियम मुल्यका र बुक बिल्डिङ बिधीबाट निस्कासन हुने आइपिओलाई हाल अनुमती नदिने र प्रमुख आएपछी मात्र अनुमती दिने तर पोजेटिभ नेटवर्थ भएका भएका कम्पनी जसले प्रतीकित्ता रु १०० मा नै आइपिओ जारी गर्न खोजिरहेका छन , ती कम्पनिहरुलाई आइपिओ जारी गर्ने अनुमती दिदा हुने थियो तर त्यती पनि हुँन सकेको छैन । नयाँ अध्यक्ष ( प्रमुख ) नआइन्जेलका लागि भनेर आएका प्रमुख ( निमित्त ) ले यती सामान्य काम पनि गर्न नसकेर तलब भत्ता पकाउने मात्रै काम गरिरहेका छैनन ? भन्ने प्रस्न उठ्न थालेका छन ।

साथै लामो समय सेयर बजारको नियामक निकाय धितोपत्र बोर्ड, प्रमुख बिहिन हुनु उचित हुँदैन । यस बिसयमा सम्बन्धित निकायको ध्यान जानु उचित हुन्छ । यस बिसयमा रहेका बाधा अड्काउ फुकाउनु जरुरी देखिन्छ ।

-राम बहादुर खत्रीको बिचार

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here