22.6 C
Nepal
Thursday, September 19, 2024

वर्कशायर हाथवे अब ट्रिलियन डलर क्लबमा

दिग्गज अमेरिकी सेयर लगानीकर्ता वारेन बफेटको कम्पनी, बर्कशायर हाथवे अमेरिकाको १ ट्रिलियन डलर क्लबमा प्रवेश गरेको छ ।

यो सङ्गै हाथवे १ ट्रिलियन डलर बजार पूँजीकरण पुग्ने पहिलो गैर प्राविधिक कम्पनी बनेको छ ।

अहिले अमेरिकाको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा एप्पल र माइक्रोसफट् रहेका छन् । यी दुवै कम्पनीको बजार पूँजीकरण ३ ट्रिलियन डलरभन्दा बढी छ । यस्तै अन्य कम्पनीहरु एनभिडिया,अल्फाबेट, अमेजन र मेटाको बजार पूँजीकरण पनि १ ट्रिलियन डलरभन्दा बढी छ ।

बफेटले केही महिनापहिले लगानीकर्तालाई लेखेको वार्षिक पत्रमा सेयरमूल्यले उडान भर्ने विषय अब कथा बन्ने बताएका थिए । तर फेब्रअुरी महिनामा उनको यस्तो पत्रपश्चात कम्पनीको सेयरमुल्य १४ प्रतिशतले बढिसकेको छ ।

हालै मात्रै कम्पनीले कस्मेटिक स्टोर चेन,अल्ट्रा ब्युटी र विमानको पार्टपुर्जा बनाउने कम्पनी हेईकोको सेयर खरिद गरेको छ ।

अमेरिकन एक्सप्रेसमा हाथवेको हिस्सा २१.३ प्रतिशत, कोका–कोलामा ९.३ प्रतिशत,चेभ्रोनमा ६.५ प्रतिशत रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here