आगामी असोज ११ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट हुने ४० प्रतिशत उडान बाहिरी विमानस्थलबाट गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आइतबार आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरुलाई परिपत्र गर्दै काठमाडौं बाहिर ४० प्रतिशत उडान गर्न परिपत्र गरेको हो ।
आगामी ११ असोजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे मर्मतका कारण विमानस्थल राती १० बजेदेखि विहान ८ बजेसम्म बन्द हुने छ । यो समयमा काठमाडौं विमानस्थलबाट हुने उडान ४० प्रतिशत उडान रिसेड्युल गर्नुपर्नेछ ।
उक्त समयमा पोखरा र भैरहवाबाट गर्न आग्रह गरिएको छ ।
हाल २१ घण्टासम्म सञ्चालन हुने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान १० घण्टासम्म बन्द गर्नुपर्ने भएको छ । यो भनेको हालको उडान संख्याको ६६ प्रतिशत काठमाडौंबाट हुन सक्छ भने ३३ प्रतिशत बाहिरबाटै गर्नुपर्न हुन्छ ।अब ११ असोजदेखि कम्तिमा ५ महिना काठमाडौंबाट हुने उडान अवतरणको लागि सम्बन्धित वायुसेवाले रिसेड्युल गर्नुपर्छ ।




