चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा देशको व्यापार घाटा १ खर्ब बढी भएको छ । यस आवको साउनमा देशको व्यापार घाटा १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ भएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ०.३८ प्रतिशतले बढी हो ।
साउनमा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । यो रकम अघिल्लो आवको तुलनामा ९.६३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको साउनमा १३ अर्ब ५२ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।