23.7 C
Nepal
Friday, September 20, 2024

नेसनल लाइफ इन्सुरेन्स आतंक फैलाउदै , महामारीको यो बेला घरमै बसौ भन्दै जनता आतन्कित पार्दै

नेसनल लाइफ इन्सुरेन्स कम्पनिले जनतामा त्रास र आतंक फैलाउन भूमिका खेलेको पाईएको छ । यस इन्सुरेन्स कम्पनिले आर्थिक स्थिती र सुचाङ्कहरु सुधार भईरहेको अवस्थामा अहिले महामारी रहेको गलत दाबी गरिरहेको छ । कम्पनिले खर्च गरिगरी बिज्ञापन गरेर यस्तो अफबाह फैलाईरहेको पाईएको हो ।

जनतामा आर्थिक स्थितिबारे सकारात्मक संचार भईरहेको बेला जनताको ३५ प्रतिसत सेयर रहेको यस नेसनल लाइफ इन्सुरेन्स भने गलत कुराको प्रचार गर्दै घरमै बस्न सुझाब दिईरहेको छ ।

यस कम्पनिले बिज्ञापन नै गरेर अहिले महामारीको अवस्था रहेकोको घरभित्रै बस्न भनेको पाइएको छ । बिज्ञापनमा लेखिएको छ ; “महामारिको यस अवस्थामा घरमै बसौ सुरक्षित रहौ “ , यसको अर्थ भनेको हामी बाहिर काममा गयौ भने असुरक्षित हुन्छौ – बाहिर ननिस्किनु उचित हुन्छ , घरमै बसे सुरक्षित हुन्छौ । तर अहिले कस्तो महामारी छ भनिएको छैन । कुनै महामारी भए त्यसको साबधानीका लागि सचेत गराउन पाईन्छ तर कुन खालको महामारी हो भनिएको छैन ।

बिज्ञापनको सुरुमा लेखिएको छ : उच्चतम बोनस …. र अन्तिममा लेखिएको छ; पोलिसी नबिकरण गर्दा अनलाईन भुक्तानी गरौ । यो सम्म त ठिकै छ तर यसको बिचमा ठुलो अक्षरमा लेखिएको छ ; “महामारिको यस अवस्थामा घरमै बसौ सुरक्षित रहौ ।” यसरी महामारिको बेला घरमै सुरक्षित रहौ भनेर अहिले महामारी रहेको सन्देश दिएर जनतालाई आतङ्कित पारेको पाईएको हो । यदी महामारी छ र हामीलाई थाहा नभएको हो भने कस्तो महामारी हो ? बताउनु पर्छ ।

यसरी पब्लिक लिमिटेड कम्पनिले लाखौ खर्च गरेर अहिलेको अवस्थामा घरमै बसौ भन्नुलाई अर्थतन्त्र सुधार हुँदै गरेको यस घडीमा जनतामाथीको कुठाराघात किन्न नभन्ने ? अथवा आर्थिक स्थिती सुधार हुन नदिने नियोजित नियती पनि हुन सक्छ ।


हेर्नुस् नेसनल इन्सुरेन्सको बिज्ञापनको भाग

यस्तो पनि हुन सक्छ
हुन सक्छ , यो बिज्ञापन पहिले नै तयार पारीएको पनि हुन सक्छ । कोरोना महामारीमा यो बिज्ञापन तयार पारीएको हुन सक्छ । तर यदी यस्तो हो भने अहिलेको यस अवस्थामा समयानुकुल बिज्ञापन किन तयार पारीएन ? आर्थिक अभाब भनौ भने लाखौं खर्च गरेर बिज्ञापन गर्न सक्नेले एउटा डिजाइन गर्न सकेन भनेर कसरी मान्ने ?

कारण जे भएपनी अहिलेको अवस्थामा , “महामारिको यस अवस्थामा घरमै बसौ सुरक्षित रहौ, भनेर गरिएको बिज्ञापनलाई सकारात्मक मान्न सकिन्न । यसको कारण खोज्न जरुरी छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here