23.7 C
Nepal
Friday, September 20, 2024

धौलागिरी लघुवित्त २.८४ करोड घाटामा

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सार्वजनिक गरेको गत आवको अन्त्यसम्मको प्रतिवेदनअनुसार संस्थाको घाटा २०२.८५ प्रतिशतले बढेको छ । संस्थाले समीक्षा अवधिसम्म २ करोड ८४ लाख रुपैयाँ खुद घाटा खाएको छ । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ९३ लाख ८९ हजार रुपैयाँ घाटा खाएको थियो ।

चौथो त्रैमाससम्म संस्थाले ८ करोड १४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । संस्थाले २८ लाख ७८ हजार रुपैयाँबराबरको खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९१.१० प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी ३ करोड २३ लाख रुपैयाँ रहेको थियो ।

संस्थाको खुद सञ्चालन आम्दानी ११ करोड ३६ लाख धनात्मक र सञ्चालन मुनाफा २ करोड ८४ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

यस्तै संस्थाको वितरणयोग्य मुनाफा २ करोड २६ लाख रुपैयाँले ऋणात्मक रहेको छ । चुक्तापूँजी १३ करोड ३१ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ ५७ लाख ७९ लाख रुपैयाँ छ । संस्थाको रिजर्भमा ५ करोड ९६ लाख रुपैयाँ सञ्चित रहेको छ । अघिल्लो आवमा भने संस्थाको रिजर्भमा ८ करोड ५२ लाख रुपैयाँ रहेको थियो ।

संस्था खराब कर्जा अनुपात ४.६५ प्रतिशत रहेको छ । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि १ करोड २९ लाख रुपैयाँ छुट्टाएको छ ।

समीक्षा अवधिसम्म संस्थाको ईपीएस २१.३६ रुपैयाँ ऋणात्मक कायम भएको छ ।

यस्तै संस्थाको प्रतिसेयर नेटवर्थ १४९.१४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ८८५.४६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४७.०७ गुणा र तरलता अनुपात १९.९६ प्रतिशत छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here