11 C
Nepal
Monday, February 16, 2026

नेशनल हाईड्रोपावर २.४३ करोड घाटामा

spot_imgspot_imgspot_img

नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको अन्त्नयसम्म २ करोड ४३ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको अन्त्यसम्म भने कम्पनी ४८ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको आम्दानी १४.१० प्रतिशतले घटेको छ । अघिल्लो आवको अन्त्यसम्म विद्युत बिक्रीबाट ४ करोड ६८ लाख रुपैयाँ कमाएको कम्पनीले समीक्षा अवधिसम्म भने ४ करोड २ लाख रुपैयाँ कमाएको छ ।

कम्पनीको प्रशासनिक खर्च १ करोड ४८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा यस्तो खर्च ९० लाख ३३ हजार रुपैयाँ थियो । यो अवधिसम्म कम्पनीको वित्त खर्च पनि बढेको छ । अघिल्लो आवको अन्त्यसम्म २५ लाख १६ हजार रुपैयाँ रहेको वित्त खर्च बढेर ६२ लाख ७२ हजार पुगेको छ । कम्पनीको ह्रासकट्टी खर्च १ करोड ५१ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको रिर्जभको आकार ९८ लाख ६८ हजार रुपैयाँले ऋणात्मक अवस्थामा छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीको रिजर्भको आकार १ करोड ३१ लाख रुपैयाँले धनात्मक थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिकीकरण)१.०१ रुपैयाँ ऋणात्मक ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२४.१३ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १००.४२ र मुल्य आम्दानी अनुपात १६१.०६ गुणा छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here