19.4 C
Nepal
Wednesday, February 18, 2026

घलेम्दी हाईड्रो ७.५० करोड घाटामा

spot_imgspot_imgspot_img

घलेम्दी हाईड्रो लिमिटेडले गत आवको चौथो त्रैमाससम्ममा ७ करोड ५० लाख रुपैयाँ घाटा खाएको छ । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ३.०९ प्रतिशतले धेरै हो । अघिल्लो आवको चौथो त्रैमाससम्ममा कम्पनीले ७ करोड २८ लाख रुपैयाँ घाटा खाएको थियो ।

कम्पनीले विद्युत बिक्रीमार्फत १० करोड १५ लाख रुपैयाँ कमाएको छ । कम्पनीले अन्य आम्दानी २ लाख ५२ हजार र ब्याज आम्दानी २ करोड २२ लाख गरी कुल १२ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९.८३ प्रतिशतले घटी हो ।

कम्पनीको कुल खर्च १९ करोड ९१ लाख रुपैयाँबराबर रहेको छ । त्यस्तै कम्पनीको रिजर्भ २ करोड ६१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको अल्पकालिन कर्जा ७ करोड ३६ लाख दीर्घकालिन कर्जा ७१ करोड २२ लाख रुपैयाँ रहेको छ । कम्पनीले मुद्दती निक्षेपमा ६५ करोड रुपैयाँ र सांग्रिला उर्जा लिमिटेडमा ३२ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १.५८ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ९८.४२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४६.५६ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५७.८० गुणा ऋणात्मक र तरलता अनुपात १०.०४ प्रतिशत रहेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here