23.7 C
Nepal
Friday, September 20, 2024

हाथवे इन्भेष्टमेन्टको नाफा ८ करोड ३९ लाख

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ८ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ । यो रकम अघिल्लो आवको तुलनामा ४५०.५९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीले समीक्षा अवधिसम्म कुल आम्दानी २५ करोड ९७ लाख रुपैयाँ गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ६६.०४ प्रतिशतले बढी हो ।

त्यस्तै अघिल्लो आवको चौथो त्रैमाससम्म कुल खर्च ११ करोड ७९ लाख रुपैयाँ रहेको छ । कम्पनीले यो अवधिसम्म ८ करोड ५१ लाख रुपैयाँ लगानी गरेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ २७ करोड २१ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको फेयर भ्यालु रिजर्भमा ३४ करोड ४९ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको चुक्तापूँजी १ अर्ब २८ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.२६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ७७.८६ ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९८.२९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३१०.४४ गुणा रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here