29.5 C
Nepal
Friday, September 20, 2024

हिमालयन डिष्टिलरीको नाफा ४६.५५% ले घट्यो

हिमालयन डिष्टिलरीको नाफा ४६.५५ प्रतिशतले कमी आएको छ । कम्पनीले गत आव २०८०/८१ को चौथो त्रैमाससम्म ३५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीले ६६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद बिक्री आम्दानी २ अर्ब ९७ करोड रुपैयाँबाट घटेर २ अर्ब ८ करोड रुपैयाँ भएको छ, जुन २९.९३ प्रतिशतले कमी हो । कम्पनीको कर्मचारी खर्च १८ करोड ६७ लाख,वित्त खर्च १३ लाख ७५ हजार, प्रशासनिक तथा अन्य खर्च १० करोड ४६ लाख र बिक्री तथा वितरण खर्च ४७ करोड ४४ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको सञ्चालन मुनाफा ५३ करोड ३ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको रिजर्भ ६७ करोड ८ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति २ अर्ब ६७ करोड र कुल चालु दायित्व २५ करोड ६० लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२४.७२ रुपैयाँबाट घटेर १३.२१ रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १३८.०१ रुपैयाँबाट घटेर १२५.१० रुपैयाँ रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here