29.5 C
Nepal
Friday, September 20, 2024

अपर तामाकोशी हाईड्रो २.६८ अर्ब घाटामा

अपर तामाकोशी हाईड्रोपावर लिमिटेडले आवको चौथो त्रैमाससम्ममा कम्पनीको अपरिस्क्रित वित्तीय विवरण सार्वजनिक गरेको छ ।

अघिल्लो आवसम्म ४ अर्ब ९ करोड रुपैयाँ घाटामा रहेको कम्पनीले घाटा घटाएर २ अर्ब ६८ करोड रुपैयाँमा सीमित बनाएको छ । कम्पनीले विद्युत बिक्रीमार्फत चौथो त्रैमाससम्ममा ८ अर्ब ७५ करोड रुपैयाँबराबर आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीको कमाएको ८ अर्ब १० करोडको तुलनामा ७.९३ प्रतिशतले बढी हो ।

त्यस्तै अघिल्लो आवमा १ अर्ब १५ करोड रुपैयाँबराबरको प्रशासनिक खर्च गरेको कम्पनीले गत आवसम्म भने ८१ करोड ५२ लाख खर्च गरेको छ ।

विभिन्न कारणले समग्र आयोजनाको लागत वृद्धि हुन गएकाले ह्रासकट्टी खर्च तथा ब्याज खर्च अत्यधिक बढेको छ । कम्पनीको ह्रासकट्टी खर्च ३ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । यस्तै वित्त खर्च ६ अर्ब ६९ करोड रहेको छ ।

कम्पनी अन्तर्गतको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट हाल पूर्ण रुपमा विद्युतको व्यापारितक उत्पादन भईरहेको छ ।

चौथो त्रैमाससम्म कम्पनीले सेयर प्रिमियम शीर्षकमा ९१ करोड ३७ लाख रुपैयाँ छु्ट्टाएको छ भने कम्पनीको रिटेन्ड अर्निङ १० अर्ब ४ करोड रुपैयाँले ऋणात्मक अवस्थामा छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१२.६९ रुपैयाँले ऋणात्मक,प्रतिसेयर नेटवर्थ ५६.८८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४०५.६१ रुपैयाँ र तरलता अनुपात १.७४ प्रतिशत रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here