29.5 C
Nepal
Friday, September 20, 2024

साहज उर्जाको नाफा २८८.१४ प्रतिशतले बढ्यो, सञ्चित मुनाफा २.५६ अर्ब

साहस उर्जा लिमिटेडले नाफा २८८ प्रतिसतले बढाएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४१ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २८८.१४ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १० करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चौथो त्रैमाससम्म कम्पनीको विद्युत बिक्री आम्दानी पनि बढेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत २ अर्ब ४४ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३००.७५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले विद्युत बिक्रीमाफर्त ६१ करोड ७ लाख रुपैयाँ कमाएको थियो ।

कम्पनीको कुल आम्दानी १ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रशासनिक खर्च १० करोड ७१ लाख रुपैयाँ र कुल वित्त खर्च १ अर्ब १६ करोड रहेको छ ।

कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब २ करोड र कुल चालु दायित्व १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । ३ अर्ब ५० करोडि रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीको रिजर्भ र सञ्चित मुनाफा २ अर्ब ५६ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)११.८९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७३.३३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४८८.११ रुपैयाँ,मूल्य आम्दानी अनुपात ४३.६६ गुणा र तरलता अनुपात ०.७३ प्रतिशत रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here