19.2 C
Nepal
Wednesday, October 16, 2024

नेशनल लाइफ र सूर्योदय वोमी लघुवित्तको सेयरमूल्य समायोजन

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सूर्योदय वोमी लघुवित्तको सेयरमूल्य समायोजना भएको छ । नेप्सेले नेशनल लाइफको ४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७०५.७७ रुपैयाँ कायम भएको छ ।
समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७३४ रुपैयाँ कायम थियो ।

त्यस्तै सूर्योदय वोमी लघुवित्तको पनि १४.००५१४३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता १०१३.११ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ११५५ रुपैयाँ कायम थियो ।

आजदेखि नयाँ समायोजित मूल्य अनुसार दुवै कम्पनीको सेयरमूल्य कारोबारमा आउनेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here