विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपिओ निस्कासन गर्ने भएको छ । त्यसका लागि कम्पनिले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले १५ औं वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी असार ३० गते आइतबारका दिन धुलिखेलमा रहेको धुलिखेल लज रिसोर्टमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा सर्वसाधारणका लागि छुट्टाइएको साधारण सेयर सम्बन्धित निकायबाट स्वीकृत लिई थप सार्वजनिक निष्कासन(एफपीओ) गर्ने,सोही सम्बन्धमा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने तथा सो सम्बन्धी सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन वा फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यसैगरी सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।




