20.6 C
Nepal
Tuesday, September 17, 2024

१.५० करोड कित्ता साविकको युनियन लाइफको सेयरको लक इन अवधि असारमा सकिने

साविकको युनियन लाइफ इन्स्योरेन्स कम्पनी जो हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीसँग मर्ज भएको छ त्यसको लक इन समयावधि आगामी असार ३१ गते समाप्त हुने भएको छ । कम्पनीको १ करोड कित्ता बढी सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।

कम्पनीको संस्थापक सेयर र कर्मचारीका लागि छुट्याएको सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।

कम्पनीको संस्थापक सेयरधनीहरुको १ करोड ५० लाख ५० हजार कित्ता संस्थापक सेयर र कर्मचारीको ३ लाख २२ हजार ५०० कित्ता गरी कुल १ करोड ५३ लाख ७२ हजार ५०० कित्ता सेयरको लक इन अवधि असारमा समाप्त हुन लागेको हो ।

धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ । उक्त कम्पनिको आईपीओ २०७८ असार ३१ गते बाँडफाँड भएको थियो।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here