20.3 C
Nepal
Sunday, February 15, 2026

आईएमएफले नेपाललाई ५.५९ अर्ब सहुलियत कर्जा उपलब्ध गराउने

spot_imgspot_imgspot_img

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा. टिडियान किन्डा नेतृत्वको मिसन टोलीले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेको छ । मन्त्री पुनसँग सिंहदरबारस्थित मन्त्रालयमा भेटेको हो ।

आईएमएफ कार्यकारी बोर्डले कोरोना महामारीको समयमा २०७८ पुसमा नेपाललाई ईसीएफअन्तर्गत चार वर्षभित्र ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेको थियो ।

हालसम्म तीन किस्ता दिईसकेको छ भने चौथो किस्ताबापत ५ अर्ब ५९ करोड (४२ मिलियन अमेरिकी डलर) उपलब्ध गराउन बाँकी छ ।

विस्तारित कर्जा सुविधाको प्रत्येक किस्ता रकम निकाशा गर्नुअघि कोषले यसअघिको प्रतिबद्धताको समीक्षा गर्ने गरेको छ । सोही समीक्षाका लागि कोषको मिसन नेपाल आएको हो ।

मन्त्री पुनसँगको भेटमा डा। किन्डाले आईएमएफ कार्यकारी बोर्डले विस्तारित ऋण सुविधाको समीक्षा पूरा हुने चरणमा रहेकाले बाँकी रकम छिट्टै निकाशा गर्ने जानकारी दिए । उनले नेपालले वित्त र मौद्रिक नीतिको सुधार तथा वित्तीय अनुशासन कायम गर्ने विषयमा राम्रो प्रगति गरेको भन्दै प्रशंसा गरे ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here