23.7 C
Nepal
Friday, September 20, 2024

अधिक तरलता भएपछी बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछी त्यसको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत यो रकम झिक्न लागेको हो ।

आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here