20.3 C
Nepal
Sunday, February 15, 2026

नेशनल लघुवित्तको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

spot_imgspot_imgspot_img

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले २ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाको ७ हजार ३१२ कित्ता संस्थापक सेयर आजदेखि लीलाम बिक्रीमा राखिएको हो ।

यो सेयर खरिद गर्नका लागि आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापकका लागि ३५ दिने सूचना जारी गरिएकोमा कुनै आवेदन प्राप्त नभएकाले सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागिएको संस्थाले जनाएको छ ।

सेयर खरिद गर्न चाहने लगानीकर्ताले सूचना प्रकाशित भएको १० दिनभित्र बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here