त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको जग्गा ब्यक्तिका नाममा रहेको पाइएको छ । बिमानस्थलको ५३३ रोपनी जग्गा व्यक्तिका नाममा रहेको पाइएको छ । विमानस्थलले चर्चेको जग्गा प्राप्त गर्न राज्यको अर्बौं रकम खर्च हुँदासमेत लगत कट्टा नभएका कारण विभिन्न व्यक्तिकै जग्गाधनी प्रमाणपुर्जा रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
जग्गा प्राप्ति ऐन अनुसार मुअब्जा दिसकेतापनी हालसम्म लगतकट्टा नभएको हो । मुआब्जा वितरण भइसकेका जग्गाहरूको लगत कट्टा गरी प्राधिकरणको स्वामित्वमा आउनुपर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नआएको महालेखा परिक्षाकको प्रतिबेदनमा भनिएको छ ।
यस्तो जग्गामा साबिक सिनामङ्गल र कोटेश्वर अन्तर्गतका सिनामङ्गल वडा नं. ५ ग कित्ता नं. १ को ४ रोपनी ५ आना, सिनामङ्गल वडा नं. ६ ग कित्ता नं. ४० को ६ रोपनी ५ आना, सिनामङ्गल वडा नं. १२ क कित्ता नं. १७ को ६ रोपनी १४ आना समेत ४७० कित्ताको करिब ५३३ रोपनी जग्गा हालसम्म प्राधिकरणको नाममा नआएको उल्लेख छ । मुआब्जा पाइसकेको ती जग्गाको प्राधिकरणले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।




