अर्थमन्त्री वर्षमान पुनले सहकारीका बचतकर्ताहरुलाई उनीहरुको रकम फिर्ता हुने बताएका छन ।
आज बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले सहकारी क्षेत्रमा देखिएका सबैखाले समस्या समाधान गर्ने प्रतिबद्धता जनएका छन ।
सहकारीका सञ्चालकले बचतकर्ताको बचत फिर्ता नगरेपछि एकाघर परिवारका सदस्यले राखेको सम्पत्तिको धितोबाट ५ ५ लाख रुपैयाँ भए पनि फिर्ता गरिने मन्त्री पुनले बताए ।
‘यसले सहकारीमा समस्या समाधान गर्न पहल गर्ने काम भइरहेको छ,’ उनले भने ‘सहकारीलाई संविधानले पनि तीन खम्बे अर्थ नीतिमा एक खम्बा मानेको अवस्थामा केही सहकारीले ऐन कानून, सहकारीको मूल्य मान्यता, सिद्धान्त भन्दा बाहिर गएर कारोबार गर्दा यो क्षेत्र बदनाम भएको हो । सरकारले अगामी आवका लागि ल्याएको बजेटमा कानूनमा आवश्यक संशोधन गरी सहकारिताको सिद्धान्त र नीतिबमोजिम सहकारी सञ्चालन हुने व्यवस्था गरिने, बचत तथा ऋण सहकारी संस्थाको नियमन गर्न नियामक निकाय स्थापना गरिने, बचत तथा ऋण सहकारीलाई एक आपसमा गाभिन सहजीकरण गरिने व्यबस्था गरेको छ ।’




