हाल ४४ वटा संस्थान मध्ये २६ वटा संस्थान नाफामा छन् । अर्थ मन्त्रालयले आइतबार संसद्मा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षाले यस्तो देखाएको हो । समीक्षा प्रतिवेदनअनुसार आव २०७९/८० सम्म १५ संस्थान नोक्सानीमा गएका छन् । कुल संस्थानमध्ये ३ वटा संस्थानको कारोबार शुन्य रहेको छ ।
अघिल्लो आर्थिक वर्षमा भने सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा र १७ नोक्सानीमा थिए ।
समीक्षा अनुसार संस्थानहरूको खुद नाफा ४८ अर्ब ५१ करोड पुगेको छ । जुन अघिल्लो आवको तुलनामा ३०४६.२० प्रतिशतले बढी हो । संस्थानहरूको कुल सञ्चालन आय ६ खर्ब ६१ अर्ब १ करोड रहेको छ । सार्वजनिक संस्थानमा सरकारको कुल लगानी ६ खर्ब ६१ अर्ब पुगेको छ । जुन अघिल्लो आवको तुलनामा ८.३२ प्रतिशतले बढी हो । संस्थानमा सरकारको ३ खर्ब ७९ अर्ब सेयर लगानी र २ खर्ब ८१ अर्ब ऋण लगानी रहेको छ । सार्वजनिक संस्थानमा काम गर्ने जनशक्ति कुल ३२ हजार १८० जना रहेका छन् ।




