अर्थ मन्त्रालका सहसचिव नरेन्द्र कुमार रानाले धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी पाएका छन । नयाँ अध्यक्ष नआउन्जेल उनले नियमित कार्य अगाडि बढाउने छन ।
रानाले मंगलबार अर्थमन्त्री वर्षमान पुन समक्ष अध्यक्षको कार्यभार सम्हालेका हुन् । धितोपत्र बोर्डको संशोधित नयाँ ऐन अनुसार बोर्ड अध्यक्ष खाली भएको अवस्थामा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्य स्वतः अध्यक्ष हुने व्यवस्था रहेको छ ।
अब आइपोओको कार्य पनि अगाडी बढ्ने श्रोतको भनाइ छ । हाल आइपिओको काम अगाडी बढेको छैन ।
तत्कालिन अध्यक्ष रमेश हमालको कार्यकाल गत पुस २० गते सकिएको थियो । त्यसपछि धितोपत्र बोर्डकै वरिष्ठ अधिकारी नबराज अधिकारीलाई निमित्त अध्यक्षको जिम्मेबारी दिइएको थियो । तर उनीसँग नीतिगत कार्य गर्ने आधार थिएन । सरकारले नियमित प्रक्रियाबाट अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएपनि हाल भने अन्यौलमा रहेको छ । पाँच जनाको नाम सर्टलिष्ट गरेपनि अन्य प्रक्रिया भने अपूरो नै रहेको छ ।




